डम्मर धामी, काठमाडौं। सुदूरपश्चिमेलीहरुको मुख्य पर्वका रूपमा गौरा हो । कोरोनाभाइरस महामारीको जोखिमपछि यसबर्ष खुलेर गौरापर्व मनाइएको छ ।
विशेषगरि दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा तथा कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि गौरादेवीको मन्दिर स्थापना गरेको ठाउँमा जम्मा भएर पर्व मनाउने गर्छन् ।
यसै अवसरमा काठमाडौंमा पनि गौरापर्व मनाइएको छ । प्रसंसा संरक्षण समूहको आयोजनामा सुदूरपश्चिमेली उपस्थित भएर गौरा मनाएका हुन्।
भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौराको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (केराउ, गहत, गहुँ, मास र गुरौस) मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ ।
अहिले भने कामको शिलशिलामा सुदूरपश्चिमेलीहरु समेत ठाउँ-ठाउँमा छरिएर बसेकाले आफु बसेकै ठाउँमा समेत पर्व मनाउने गरेका छन्।
सुदूरपश्चिमेलीहरुले विदेशमा समेत गौरा पर्व मनाउने क्रम शुरु गरिसकेका छन्।




