साढे ५ करोड छलीको आरोपमा ३ व्यवसायी विरुद्ध मुद्दा

काठमाडौं। आयकर र भ्याट छलीको आरोपमा तीन जना व्यवसायी विरुद्ध मुद्दा दायर भएको छ। राजश्व अनुसन्धान विभागले काठमाडौंको बसुन्धारामा रहेको दुर्गा ट्रेडर्सका सञ्चालकहरु बिरुद्ध विभागले ५ करोड ४६ लाख ५१ हजार रुपैयाँ मूल्य अभिबृद्धि र आयकर छलीको आरोप लगाउँदै शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

ट्रेडर्सका सञ्चालकहरु धीरजकुमार जैसवाल, सुमनकुमार श्रेष्ठ र राहुलकुमार जैसवालले मूल्य अभिबृद्धितर्फ १ करोड ७१ लाख ३२ हजार १७० रुपैयाँ र आयकरतर्फ ३ करोड ७५ लाख १९ हजार १६८ रुपैयाँ छलीको आरोप लगाएको छ ।

मूल्य अभिबृद्धि र आयकर छल्नका लागि फर्मले नक्कली बिल बिजक जारी गरेको विभागको दाबी छ । आरोपितहरुसंग सत प्रशित जरीवाना सहित विगो रकम १० करोड ९३ लाख २ हजार ६७६ र हदैसम्मको कैद सजाय माग गरिएको विभागको जनाएको छ ।

Sponsored Content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तालि
0%
तालि
खुसी
0%
खुसी
उत्साहित
0%
उत्साहित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
अचम्मित
0%
अचम्मित

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्