काठमाडौं । आगामी मंसिर ४ मा हुने निर्वाचनलाई अवज्ञा बहिष्कार गरौँ भन्दै विभिन्न ४ बाम दलहरूले आज बुटवलमा चुनावी बहिष्कार सभा गरेका छन् । र्याली बस पार्कबाट सुरु भएको र र्याली बजारका विभिन्न ठाउँमा परिक्रमा गरेर बिपि चोकमा सभामा परिणत भएको हो ।

सभाको सञ्चालन दीपक पौडेल ( नेकपा मशाल ) जिल्ला प्रवक्ताले गरेका हुन् । कार्यक्रममा क.प्रवेश ( नेकपा बहुमतका जिल्ला इन्चार्ज ) ले अध्यक्षता गरेका हुन् । कार्यक्रममा सहभागीहरूलाई नेकपा माओवादी क्रान्तिकारीका जिल्ला सचिव विनोद मोरासैनीले स्वागत गरेका हुन् । अतिथिमा सिपी गजुरेल नेकपा कार्यवाहक महासचिव ( नेकपा क्रान्तिकारी माओवादी ), सन्त बहादुर नेपाली ( नेकपा मशाल महासचिव ) ,( नेकपा माओवादी क्रन्तीकारी ) का पोलिटब्युरो सदस्य भुपेन्द्र न्यौपाने ,राम नारायण पाल ( नेकपा माओवादी नेपाल ) , धर्मेन्द्र बास्तोला र नेकपा मशालका पोलिटब्युरो सदस्य कृष्ण राज पौडेलको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा मन्सन ,सन्त बहादुर नेपाली ,रामनारायण पाल र सिपी गजुरेलले सम्बोधन गरेका हुन् ।