सुदूरपश्चिम प्रदेशको धनगढीमा चुनाव बहिष्कार सभा सम्पन्न (फोटो फिचर)

चुनाव बहिष्कार

धनगढी । नेकपा (मशाल) ,नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (वहुमत) र माओवादी कम्युनिष्ट पार्टी समेत ४ क्रान्तिकारी पार्टीको आयोजनामा निर्वाचन बहिष्कार सभा सम्पन्न भएको छ । २०७९ असोज १९ गते धनगढीको चौराहा वाट सुरुभएको विशाल  जुलुस धनगढीको मेन रोडमा समापन भएको हो । वैशाख ४ गतेको निर्वाचन बहिष्कार गरौँ, दलाल संसदीय व्यवस्था – मुर्दावाद, नयाँ जनवादीक्रान्ति –जिन्दावाद, असमान सन्धि सम्झौता खारेज गर, सम्पुर्ण देशभक्त क्रान्तिकारीहरु –एक हौ भन्ने नाराका साथ बसपार्क, एलएनचोक हुँदै पार्कमा बहिष्कार सभामा परिणत भयो।

धनगढीचौ राहबाट जुलुस सुरुहुँदै

सभालाई माओवादी कम्युनिष्ट पार्टीका महासचिव रामनारायण पाल, नेकपा (मशाल)का केन्द्रिय सदस्य लाल बहादुर जाग्री , नेकपा (वहुमत) को संयोजक धर्मेन्द्र वास्तोला (कन्चन) नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सिपी गजुरेल (गौरव) ले सम्बोधन गर्नु भयो। कलकारहरुले बिच(बिचमा  गित र नित्य प्रस्तुत गर्नु भएको थियो।

बहिष्कार सभाको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) का ब्युरो सेक्रेटी राम बहादुर महरा, सञ्चालन नेकपा (वहुमत) को सुप ब्युरो इन्चार्ज महान र स्वागत नेकपा (शाल)  का प्रतिनिधि नरेश झुकाल ले गर्नु भएको थियो।

Sponsored Content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तालि
0%
तालि
खुसी
0%
खुसी
उत्साहित
0%
उत्साहित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
अचम्मित
0%
अचम्मित

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्