निर्वाचनमा २ लाख ४६ हजार कर्मचारी खटाइँदै

कर्मचारी
[pwa-install-button]

काठमाडौं । आगामी मैसिरमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले २ लाख ४६ हजार कर्मचारी खटाउने भएको छ ।  देशभर २२ हजार २ सय २७ मतदान केन्द्र तथा १ सय ४१ अस्थायी मतदान केन्द्र राखिने आयोगले जनाएको छ ।  यसैगरी करिब १० हजार ८ सय मतदान स्थल राखिन लागेका आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जनाएका छन् । कारागारमा अस्थायी मतदान केन्द्र राखिने भएको उनले बताएका छन् । 

गत स्थानीय तहमा करिब २ लाख कर्मचारी परिचालन गरिएको थियो । यसपटक स्थानीय तहको तुलनामा करिब ५० हजार थप कर्मचारी खटाउन लागिएको अर्यालले बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगले माग गरेअनुसार आयोगलाई कर्मचारी पठाएको जनाएको छ । आयोगले आवश्यक ठाने संघ, प्रदेश तथा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीहरू परिचालन गर्न सकिने कानुनमा व्यवस्था रहेको छ । यो संख्याले नपुगे शिक्षकहरूलाई समेत आयोगले कर्मचारीका रूपमा प्रयोग  गर्न सकिने छ । यसवटक शिक्षकहरूलाई समेत निर्वाचनमा खटाइएको सूचना अधिकारी अर्यालले बताए । निर्वाचनमा खटिने सबै कर्मचारीलाई आयोगले तालिम दिएको छ । आजको नागरिक दैनिकबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तालि
0%
तालि
खुसी
0%
खुसी
उत्साहित
0%
उत्साहित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
अचम्मित
0%
अचम्मित
Sponsored Content

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्