[pwa-install-button]

नपर्नु कसैको मोह जालमा भेटिएका ति हजारौँहरू,
तिम्रै लागि यो जोवन खास संगाली राखेकिछु।।
बढ्लान् दुरी कहिलेकाहीँ, अनायासै हरेस नखाऊ प्रिय,
तिम्रै निम्ति अलिकति, यो सास संगाली राखेकिछु।।
लुकी लुकी रचेका ति प्रेम किस्साका हिस्साहरू,
देख्छ कि यो दुनियाले कतै, त्रास संगाली राखेकिछु।।
Sponsored Content
घरपरको चौतारामा कसैको पर्खाइ नगर प्रिय,
भेटिन्छौकी कुनै दोभानमा आस संगाली राखेकिछु।।
अरूसँग जिउने मर्ने कसम तिमी नखाऊ प्रिय,
तिम्रै घरको आँगन अगाडि यो लास संगाली राखेकिछु।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
60%
तालि
0%
खुसी
0%
उत्साहित
0%
दुःखी
0%
आक्रोशित
40%
अचम्मित