सुकुम्बासी बस्तीमा भएको झडपका घाइते नगर प्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार

निःशुल्क उपचार
[pwa-install-button]

काठमाडौं । थापाथलीका सुकुम्बासी र काठमाडौँ महानगरपालिकाका नगर प्रहरीबीचको झडपमा घाइते सबै जनाको नर्भिक इन्टरनेशनल हस्पिटलले निःशुल्क उपचार गरेको छ । 

सोमबार थापाथलीस्थित सुकुम्बासी वस्तीका अवैध संरचना भत्काउन डोजरसहित पुगेको महानगरका प्रहरीहरुको टोलीसँग सुकम्बासीको झडप हुँदा  महानगरका ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए । 

घाइतेहरुलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पतालको इमेरजेन्सीमा ल्याइएको थियो । अस्पतालले आफ्नो इमेरजेन्सीमा आएका नगरप्रहरीसहित सबै घाइतेको निःशुल्क उपचार गरिदिएको हो । 

Sponsored Content

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले सुकुम्बासी बस्तीमा भएको झडपमा परी घाइते काठमाडौँ महानगरका नगरप्रहरीसहित सबैको इमरजेन्सीमा व्यवस्थित ढंगले उपचार गरिएको र त्यहाँ सबैको उपचार निःशुल्क गरिएको  बताएका छन् । 

झडपमा घाइतेमध्ये उपचारपछि ३३ जना सोमबार साँझ नै घर फर्किएका थिए । गम्भीर घाइते तीन नगर प्रहरीको भने अहिले समेत नर्भिकमै उपचार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तालि
0%
तालि
खुसी
0%
खुसी
उत्साहित
0%
उत्साहित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
अचम्मित
0%
अचम्मित

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्