८ वर्षीया गुञ्जनले जितिन् ‘झलक दिखला जा’ को ट्रफी

झलक दिखला जा
[pwa-install-button]

काठमाडौं । चर्चित डान्स रियालिटी शो ‘झलक दिखला जा १०’ को विजेता ८ वर्षीय गुञ्जन सिंह घोषित भएकी छन् । आसामकी गुञ्जनले ट्रफीसँगै २० लाख रुपैयाँ पुरस्कारको रुपमा प्राप्त गरेकी छन् ।

विजेता बनेपछि मिडियासँग कुरा गर्दै गुञ्जनले अब डान्ससँगै पढाइ पनि अगाडि बढाउने बताइन् । ‘शोको ट्रफी जित्न पाउँदा म धेरै खुसी छु । मेरो आमाबाबुले म प्रति गर्व महसुस गर्नुहुनेछ । यो भन्दा ठूलो के हुन सक्छ,’ उनले भनिन् ।

गुन्जनसँगै टिभी अभिनेत्री रुबिना डिलाइक र फैसल शेख पनि शीर्ष ३ भित्र पुगेका थिए । रुबिना र फैसलको साथ र उत्प्रेरणाले आफुले शो जित्न सफल भएको गुञ्जनले बताएकी छन् । ५ वर्षको उमेरदेखि नाच्न थालेंकी गुञ्जन पहिले टिभी हेरेर नाच सिक्ने गर्थिन् । पछि उनका बाबुले नृत्यप्रतिको लगाव देखेपछि डान्स एकेडेमीमा भर्ना गरिदिएका थिए । शोको क्रममा  उनले हिप हप, लकिङ, ज्याज लगायतका विभिन्न नृत्य गरेकी थिइन्  जुन दर्शक र निर्णायकहरूले मन पराएका थिए ।

Sponsored Content

ठुलो भएपछि माधुरी दीक्षित र सलमान खानलाई कोरियोग्राफी गर्ने सपना रहेको बताउने गुञ्जनले माधुरीका बोल्ने, कमेन्ट गर्ने लगायतको सबै पक्ष मनपर्ने बताइन् । ​गुञ्जन आफुले शोबाट जितेको रकमबाट बुबालाई कार उपहार दिन चाँहन्छिन् । ‘म २० लाख रुपैयाँमा मेरो बुबाको लागि कार किन्न चाहन्छु । मेरो बुबालाई कार धेरै मनपर्छ र म उहाँलाई यो जितेको रकमको कार उपहार दिन चाहन्छु’ उनले भनिन् ।  एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तालि
0%
तालि
खुसी
0%
खुसी
उत्साहित
0%
उत्साहित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
अचम्मित
0%
अचम्मित

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्