काठमाडाैं। भारतबाट पेट्रोल र डिजेलको भाउ घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आइओसीले बिहीबार नेपाललाई पठाएको नयाँ मूल्य पहिलाको भन्दा कम भएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ घटाएर पठाएको छ। बिहीबारको नयाँ मूल्यअनुसार निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा छ। त्यस्तै निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
25%
तालि
75%
खुसी
0%
उत्साहित
0%
दुःखी
0%
आक्रोशित
0%
अचम्मित
Sponsored Content