[pwa-install-button]
काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरुबाट अहिलेको देशको नेतृत्व नहुने बताएका छन् ।
शुक्रबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरु शारीरिक रुपले पनि अस्वस्थ भएकाले अहिले यो पुस्ताले देशको नेतृत्व गर्ने नसक्ने बताएका हुन् । अहिले देशको नेतृत्वमा युवा शक्ति आयनुपर्ने र यसको लागि पार्टी र गठबन्धन दुबैमा छलफल गर्न आवश्यक रहेको उनको भनाई रहेको छ । जिल्लामा अधुरा तथा नयाँ बिकास निर्माणका कामहरुलाई पूरा गर्नेगरी काम गर्ने भण्डारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
तालि
0%
खुसी
0%
उत्साहित
0%
दुःखी
0%
आक्रोशित
0%
अचम्मित
Sponsored Content