नेपाली कांग्रेसमा प्रधानमन्त्रीका लागि त्रिपक्षीय दाबी , युवाहरूमा गगन हावी

prime ministerial candidate
[pwa-install-button]

काठमाडौं । नेपाली राजनीतिमा अहिले  नयाँ पुस्तालाई अवसर दिनु पर्दैछ भन्ने आवाज उठ्न थालेको छ । यो सँग सँगै एकै व्यक्तिलाई पटक पटक अवसर दिनु हुदैन, नयाँलाई पनि काम गर्न दिनु पर्छ भन्ने पनि उठेको छ । निर्वाचनको नतिजा आए सँगै राजनीतिक दलहरू आफ्नो आफ्नो नेतृत्वमा सरकार बनाउने होडमा लागेका छन् । सत्तारुढ गठबन्धन र प्रतिपक्षमा रहेको नेकपा एमाले पनि आफ्नो नेतृत्वमा सरका बनाउने प्रयासमा रहेको छ ।

अहिले गठबन्धनबाट सरकारको नेतृत्व गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र प्रतिष्पर्धामा रहेका छन् । सरकार निमार्णको सवालमा नेपाली कांग्रेस भित्र भने अब युवाहरूको नेतृत्वमा भन्दै पुराना पङ्क्तिका विरुद्ध आवाज उठ्न थालेको छ । पटक पटक प्रधानमन्त्री र पार्टी सभापति समेत बनेका शेर बहादुर देउवाको विरुद्धका महामन्त्री गगन थापा र वरिष्ठ नेता राम चन्द्र पौडेलले संसदीय दलको निर्वाचनमा लड्नका लागि आफूहरू तयार रहेको बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देशले आफ्नो आवश्यकता महसुस गरेको भन्दै आफू त्यसको लागि तयार रहेको  बताएका हुन् । उनले आफू टेस्ट नभएको र आफूलाई टेस्ट गराउन जनता पनि तयार रहेको उनका भनाई  रहेको छ । नेपाली कांग्रेस युवाशक्तिमा भने गगन थापाको  प्रचार निकै रहेको छ । देउवाले आफू नै प्रधानमन्त्री बन्ने नभने पनि उनी फेरी पनि प्रधानमन्त्री हुने दौडमा रहेका बताइन्छ । 

Sponsored Content

नेपाली कांग्रेसमा यसपटक संसदीय दलको नेताका लागि पनि निर्वाचन हुने सम्भावना रहेको छ । नेपाली कांग्रेसका  नेताहरूको अहिलेकै अडान कायम रह्यो भने संसदीय दलको नेताका लागि त्रिपक्षीय प्रतिष्पर्धा हुने  छ । जसमा पार्टी सभापति शेरबहादुर देउवा ,महामन्त्री गगन कुमार थापा र वरिष्ठ नेता रामचन्द्र पौडेल बिच प्रतिष्पर्धा हुने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तालि
0%
तालि
खुसी
0%
खुसी
उत्साहित
0%
उत्साहित
दुःखी
100%
दुःखी
आक्रोशित
0%
आक्रोशित
अचम्मित
0%
अचम्मित

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्