काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकाको खानेपानीको समस्या दीर्घकालीन रूपमा अन्त्य गरिने बताएका छन । आज मेलम्ची खानेपानीको पुनः वितरण कार्यक्रममा बोल्दै उनले काठमाडौंमा १२ महिना नै पानी वितरण गरिने बताएका छन् ।
चौधरीले काठमाडौं उपत्यकाको खानेपानीको समस्या पटक पटक दोहोरिन दिनु हुँदैन । यसलाई दीर्घकालीन रूपमा अन्त्य गर्नुपर्छ । मन्त्री चौधरीले मेलम्चीको विकल्पको रूपमा याङ्ग्री, लार्के, सिस्नेरी, महादेव र ठोस्ने खोलाको पानी ल्याउन सकिने पनि उल्लेख गरेका छन् । चौधरीले सो कार्यका लागि आफ्नै कार्यकालमा पहल थाल्नेसमेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
तालि
0%
खुसी
0%
उत्साहित
0%
दुःखी
0%
आक्रोशित
0%
अचम्मित
Sponsored Content