अस्कर अवार्डमा ‘आरआरआर’ र ‘छेलो शो’को एन्ट्री

अस्कर अवार्ड

काठमाडौं । चर्चित भारतीय फिल्म निर्देशक एसएस राजामौलीको फिल्म’आरआरआर’ अस्करमा प्रवेश गरेको छ। अस्कर २०२३ को लागि बुधबार गरिएको १० वटा विधाको शर्टलिस्टिङमा आरआरआर ‘ओरिजिनल सङ्स्’ विधामा प्रवेश गरेको हो।

यस्तै भारतबाट अस्करको लागि आधिकारिकरूपमा पठाइएको ‘छेलो शो’ इन्टरनेशनल फिचर फिल्म विधामा शर्टलिस्टिङमा परेको छ। भारतसहित विश्वका विभिन्न देशमा फिल्म आरआरआरलाई निकै मन पराइएको थियो। गम्भीर विषयवस्तु र यथार्थपरक सिनेमाले मात्र दर्शकको ध्यान तान्छ, त्यस्ता सिनेमा मात्र दर्शकले सम्झिरहन्छन् भन्ने भाष्यलाई गलत सावित गर्दै आरआरआरले उल्लेख्य कमाएको थियो भने राम्रो समीक्षा पनि पाएको थियो।

आरआरआरलाई पहिला उत्कृष्ट फिचर फिल्म विधामा मनोनयनका लागि पठाइएको थियो। राजामौलीले फिल्मलाई अस्करमा पठाउन अभियाननै चलाएका थिए।

Sponsored Content

यस्तै अन्तिम समयमा अस्कर २०२३ को लागि फिल्म कांतारा पनि मनोनयनका लागि पठाइएको छ। फिल्म निर्माण युनिटले फिल्म मनोनयन हुनेमा आश व्यक्त गरेका छन्। एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तालि
0%
तालि
खुसी
0%
खुसी
उत्साहित
0%
उत्साहित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
अचम्मित
0%
अचम्मित

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्