लाभांश प्रस्ताव पारित गर्न गुराँस लघुवित्तले बोलायो साधारण सभा

गुराँस लघुवित्त

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड ले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । लघुवित्तले पुस ३० गते, शनिबार, भेडेटार भिलेज रिसोर्ट, भेडेटार, धनकुटामा बिहान ११ बजे सातौँ वार्षिक साधारण सभा डाकेको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले हुन आउने ३९ लाख रुपैयाँ बराबरको बोनस शेयर, सोको कर प्रयोजनार्थ ०.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित  गर्ने लागेको हो । 

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस २० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Sponsored Content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तालि
0%
तालि
खुसी
0%
खुसी
उत्साहित
0%
उत्साहित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
अचम्मित
0%
अचम्मित

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्