२२ मंसिर २०७८, बुधबार
गृह तत्काल संसद बोलाउनुपर्ने आवश्यकता छ : देव गुरुङ
तत्काल संसद बोलाउनुपर्ने आवश्यकता छ : देव गुरुङ

१९ मंसिर २०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले तत्काल संसद बोलाउनुपर्ने आवश्यक्ता रहेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले ढिलो, चाँडो संसदको हिउँदे अधिवेशन बोलाउने कुरामा आफू आशावादी भएको बताए ।  उनले सभामुख अहिलेका दलहरुको संरचना र कम्पोजिसन हेर्दा नेकपालै दाबा गर्नुपर्ने आवश्यकत्ता रहेको पनि बताउनुभयो । गुरुङले कालापानी, लिपुलेक नेपालको भूमी भारतीय नक्शामा राखेपछि राष्ट्रिय ईस्युको रुपमा बहस भैरहेको सुनाउँदै वर्तमान सरकारले अतिक्रमित भूमी फिर्ता गराएरै छाड्ने स्पष्ट पारे ।

साक्षात्कारमा कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले संसद बैठक यतिवेलासम्म बोलाईसक्नुपर्ने स्थिति रहेकोमा त्यसमा ढिलाई भएको बताए । उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूभाग भएकोले सरकारले कुटनीतिक पहलमार्फत सीमा विवादको समाधान गर्नुपर्ने बताए ।  त्यस्तै राजपा नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले संसदको कामनै अवरुद्ध भएकोले तत्काल संसद सूचारु गर्न हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्नुभयो । कर्णले नेपालले भारत र चीन दुवै छिमेकीसँग सीमा विवाद समाधानको लागि कुटनीति पहल गर्नुपर्ने बताए ।


सत्तारुढ दल समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले सभामुखमा आफ्नो पार्टीको प्रमुख दाबी रहने स्पष्ट पारे । आफ्नो पार्टीको हालै बसेको केन्द्रिय कार्यसमितिको बैठकमा पनि सीमा अतिक्रमणबारे छलफल भएको सुनाउँदै उहाले यसबारेमा सरकारले कुटनीतिक पहलमार्फत समस्याको समाधान गर्नुपर्ने सुझाव दिए ।

Facebook Comments