२२ मंसिर २०७८, बुधबार
गृह २० मंसिर २०७६, शुक्रबारको राशिफल
२० मंसिर २०७६, शुक्रबारको राशिफल

आज मिति वि.सं. २०७६ मंसिर २० गते, शुक्रबार । इ.स. २०१९ डिसेम्बर ६ । ने.सं. ११४० थिंलाथ्व । मार्ग शुक्लपक्ष। दशमी, २९ः३६ उप्रान्त एकादशी ।
राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर(छिमेकमा असमझदारी बढ्ने छ । उधारोमा व्यापार गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ ।


बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । लगानीतर्फ लागत बढ्नेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
मिहिनेत गर्दा कार्य्सिद्धिको समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मिहिनेत परे पनि भाग्यले साथ दिने हुँदा काममा सफलता मिल्नेछ । चुनौतीहरू हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ । खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् । काम बिग्रने भयले पनि सताउन सक्छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
कामको अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ । सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा राम्रो प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
ब्त्रगबचष्गकदिन रमाइलो र उत्साहपूर्ण रहनेछ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ भने विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ । मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
चिताएको काम बन्नाले नयाँँ काम सुरु हुनेछ । सुन्दर पहिरनले व्यक्तित्व निखार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। कीर्तिमानी कामको यश लिने मौका छ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । व्यापारमा राम्रो फाइदा हुनेछ ।

Facebook Comments