२२ मंसिर २०७८, बुधबार
गृह डडेल्धुरामा एकजनाको वेवारिसे शव फेला
डडेल्धुरामा एकजनाको वेवारिसे शव फेला

२० मंसिर २०७६, डडेल्धुरा । डडेल्धुराको भित्री मधेस अन्तरगत जोगबुडाको जंगलमा एक जनाको वेवारिुे शव फेला परेको छ । परशुराम नगरपालिका–१२ जोगबुडास्थित सुन्दरी सामुदायिक वनमा आलिताल गाउँपालिका–४ का ७२ वर्षीय उदय कामीको शव फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

घासँ काट्ने महिलाहरुले बिहीबार दिँउसो उनको शव देखेपछि प्रहरीलाई खबर गरेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक जनकबहादुर मल्लले जानाए । मृतक कामी विगत २० दिनदेखि हराइरहेका थिए । प्रहरीका अनुसार उनी विगत एक वर्षदेखि मानसिक सन्तुलन गुमाएर फिरन्ते जीवन बिताइरहेको बताइएको छ ।


Facebook Comments