१० असार २०७८, बिहीबार
गृह ‘भारतिय मिडिया नसुध्रिएसम्म प्रतिबन्ध खोल्न नसकिने’
‘भारतिय मिडिया नसुध्रिएसम्म प्रतिबन्ध खोल्न नसकिने’

काठमाडौं । भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो ।

मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिंदासम्म बन्देज कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको बताए ।


मन्त्री डा. खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेदारी बोध गर्दै बन्द गरेका भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल नखोलिने बताए ।

नेपालीहरुको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढंगले जान नसुहाउने भएपनि भारतीय न्यूज च्यानलहरुले दुरासायपूर्ण रुपले अगाडी बढेकाले तत्काल प्रतिवन्ध नहट्ने उनले बताए ।

नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको एवं राष्ट्रिय एकता प्रदर्शन गरेकाले नेपालीहरुको एकताबाट तर्सेकाले पनि भारतीय मिडियाले यस्तो व्यवहार गरेको हुन सक्ने मन्त्री खतिवडाले तर्क गरे ।

सो अवसरमा मिडिया सोसाइटीले भने आगामी आर्थिक वर्षको सुरुबाट नै क्लिन फिड लागु गर्न सरकारको ध्यानाकर्षण गराएको थियो ।

Facebook Comments

हरेक खबर खास खबर