शिक्षासुशासन

मष्टा गाउँपालिका घटालदेव मंगल आधारभुत विद्यालय ‘बालकोटा शिक्षक’को परीक्षा विषयमा विवाद

डम्मर धामी, काठमाडौं । बझाङ जिल्ला मष्टा गाउँपालिका वडा न. २ को श्री घटालदेव मंगल आधारभुत विद्यालयको बालकोटा अध्यापन गराउने शिक्षकको परीक्षा विषयमा विवाद भएको छ । उक्त विद्यालयको बालकोटा शिक्षकको लागी खुलाएको विज्ञापनको तालीका अनुसार परीक्षा नभएको र प्रअको मिलेमतोमा परीक्षा सञ्चालन गरिएको भन्दै विवाद भएको हो ।

बालकोटा शिक्षकका लागि विद्यालयले २०७८ चैत्र ३ गते परीक्षा सञ्चालन गर्ने गरी विज्ञापन खुलाएको थियो तर २२ गते परीक्षा हुन् नसकेपछि विद्यालयले २०७९ जेठ २३ गते विद्यालय व्यवस्थापन समितिको बैठक बसी असार २४ गते परीक्षा सञ्चालन गर्न गरि सूचना निकालेको थियो । फेरी सुचना सच्चाएर जेठ २४ गते परीक्षा गर्ने गरि सुचना निकालेको थियो ।

पहिला निकालेको सूचनाको आधारमा बालकोटा शिक्षकका लागि २ जनाको आवेदन परेको थियो । तर जेठ २३ गते निकालिएको सूचना विद्यालय व्यवस्थापन अध्यक्ष र एक परीक्षार्थीलाई समेत थाहा नभएको विविसका अध्यक्षले जनाएका छन् ।

यता बिनीले भने यस विषयमा विवाद देखिएको र आफुले प्रअलाई सोध्दा सबैलाई जानकारी दिएको बताएका छन् । बैठकमा अध्यक्षलाई बोलाउँदा नआएपछि समितिका अन्यपदाधिकारिहरुको बैठक बसि सो सुचना निकालीएको प्रअले जनाएका छन् ।

वालविकास शिक्षकको लागि परिक्षा भए पनि शिक्षको नियुक्ति भने नगरिएको िबनिले जनाएका छन् । साथै बिनीले यस विषमा विवाद देखिए पछि विविस अध्यक्ष र प्रअलाई बोलाएर विवाद बारे छलफल गर्न खोज्दा छलफल हुन नसकेको हो । उनले विविसका अध्यक्षले आफु बैठमा नबस्ने अटेरी गरेपछी आफुहरु यसरी अगाडी जान बाध्य भएको जनाएका छन् । साथै उनले भने यस बिषयका पिडित पक्षले लिखित उजुरी दिएमा हामि छानबिन गर्छौ ।

यता पिडीत पक्षले भने जेठ २४ गते हुने भनको परिक्षाका बारेमा आफुलाई कुनै पनि जानकारि नभएको बताएका छन् । आफुले असार २४ गते हुने परिक्षको लागि त्यारी गरिरहेको  जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button