खास कुराराजनीति

धनगढी उपमहानगरपालिकाका मेयर हमाल स्वतन्त्र रहेनन्

काठमाडौं । चर्चामा रहेका धनगढी उपमहानगरपालिकाको मेयर गोपाल हमालले स्वतन्त्र रहेका छैनन् । जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिएका हमाल स्वतन्त्र नरहेको एमाले

एमाले कैलालीमा उपाध्यक्ष दुर्गा जोशीले भने, ‘उहाँ निर्वाचित भएको एक महिना नपुग्दै उहाँ स्वतन्त्र नरहेको पुष्टि भएको छ’ ।गठबन्धनका उम्मेदवारहरूलाई भोट दिने अनि स्वतन्त्र हो भन्ने अरूलाई मूर्ख बनाउने कुरा मात्रै हो ।’

जोशी एमालेबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा धनगढीको मेयर पदमा लडेका थिए । त्यो बेला पनि हमाल स्वतन्त्र उम्मेदवार भएर उम्मेदवारी दिएका थिए । तर, पराजित भए पछि उनी विवेकशील साझा पार्टीमा जोडिए । उनी त्यसको संयोजक पनि भए । उनी संयोजक रहेकै बेला प्रतिनिधि सभा तथा प्रदेश सभामा उनकै नेतृत्वमा उम्मेदवारहरू उठेका थिए ।

धनगढी उपमहानगरपालिकाको मेयर पदको लागि उनले त्यहाँबाट राजीनामा दिएर स्वतन्त्रबाट उम्मेदवारी दिए ।

हमालले २६ हजार ८६५ मत ल्याउँदा उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत पाए ।

यता एमाले कैलालीले पनि उनी स्वतन्त्र नभएको बताएको हो । वैशाख ३० गते स्वतन्त्र उम्मेदवार भनेर मतदाताले मत दिए पनि अहिले उनी कांग्रेसको उम्मेदवार बनेको एमाले कैलालीका सचिव डेजी पाण्डेयले आरोप रहेको छ ।

जिल्ला समन्वय समितिको निर्वाचनमा आफूहरूले एमाले र नागरिक उन्मुक्ति पार्टीको गठबन्धनलाई सहयोग गर्न आग्रह गर्दा हमालले स्वतन्त्र रहने बताएको भन्दै सचिव पाण्डेयले भने ‘उहाँले म स्वतन्त्र हु स्वतन्त्र बस्छु भन्नभयो हामीले सम्मान गर्यौ । तर, अन्तिममा कांग्रेसले नेतृत्व गरेको गठबन्धनलाई भोट दिएर आफू कांग्रेस भएको प्रस्ट पार्नु भयो ।’

पाण्डेयले आगामी दिनमा हमाललाई कांग्रेसकै मेयरको रूपमा बुझ्ने समेत बताए । एमालेले अब उनलाई स्वतन्त्र उम्मेदवार नभई कांग्रेसको उम्मेदवार भन्ने जनाएको छ ।

सोमबार सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनमा हमालकै निर्णायक मतका कारण प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादीका उम्मेदवार विजयी भए ।

गोला प्रथामा एक जना सदस्य नागरिक उन्मुक्तिको आए भने अन्य सबै गठबन्धनका उम्मेदवारहरू विजयी भए । कैलालीमा एमाले र नागरिक उन्मुक्तिको मत १२ थिए ।

कांग्रेस, माओवादी र नेकपा एकीकृत सामवादीको मत १३ थियो । मोहन्याल गाउँपालिका अध्यक्षले मतदान गर्न नपाएपछि दुवैको मत समान १२ भयो । त्यो बेला हमालले गठबन्धनलाई मत दिएका थिए । उनकै मतले कैलालीमा गठबन्धनका उम्मेदवारहरूले निर्वाचन जितेका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button