खास कुराराजनीतिसरकारसंसद्

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे शंका नगर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे शंका नगर्न आग्रह गरेका छन् ।प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले अन्तरराष्ट्रिय सम्बन्ध विस्तारका लागि प्रधानमन्त्री देउवाको भेटघाट र भ्रमण स्वाभाविक भएको बताएका हुन्।

उनले सरकारले सही तरिकाले परराष्ट्र नीति अवलम्बन गर्दा देशको प्रतिष्ठा र विश्वसनीयता अन्तरराष्ट्रिय जगतमा बढेको दाबी गरे। १७६ देशसँग नेपालको दौत्य सम्बन्ध कायम भएको बताए।पञ्चशीलको सम्बन्ध, अन्तरराष्ट्रिय कानुन र राष्ट्रिय हितलाई ध्यान दिएर सरकारले काम गरिरहेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button