खेलकुद

इन्डोनेसियासँग नेपालको ७-० गाेल अन्तरकाे लज्जास्पद हार

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले हार व्यहोरेको छ । कुवेतमा मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरकाे हार व्यहाेरेकाे हाे ।

जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल व्यहोरेको थियो ।यस हारसँगै समूह ए मा रहेको नेपालले अंक विहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ । नेपाल समूहको पुछारमा रहेकाे छ । छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो ।

इन्डोनेसियाले ३ खेलमा ६ अंक जोड्यो । इन्डोनेसिया दोस्रो स्थानमा रहेकाे छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button