खास कुराराजनीति

एसपिपी सम्झौतामा हस्ताक्षर गर्न सक्ने भन्दै कृष्णबहादुर महराले गरे यस्तो खुलासा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेपाली शासक झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)सम्झौता गर्न सक्ने आशंका गरेका छन् । यसै विषयमा सत्तारुढ र प्रतिपक्ष दलका नेताहरुले पनि यस्तो सम्झोता नगर्न सरकारसँग आग्रह र आलोचना समेत गर्दै आएका छन् ।

सोमबार काठमाडौंमा भएको ३१ औं किसान संघर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महराले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरूले एसपिपी राष्ट्रहितविपरीत भनेपछि तत्कालका लागि सम्झौता रोकिए पनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

उहाँले भित्रभित्रै सम्झौता गर्ने र ४ः५ महिनाको अन्तरालपछि कुरा सेलाउँदै जाँदा कुरा बाहिरिनसक्ने बताउनुभएको छ । उहाँले यो सम्झौताका लागि एमसिसीले ढोका खोलेको र एमसिसीसँग जोडिएको आइपिएसको अर्को रूपमा एसपिपीले नेपालमा स्थान पाएको जनाएका छन् ।

उहाँले साम्राज्यवादको नियन्त्रणमा देश जानसक्नेतर्फ पनि आशंका उब्जिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एसपिपीको सन्दर्भमा केही समय त टरिसक्यो। सरकारले बोल्यो हामी गर्दैनौं। प्रतिपक्षले बोल्यो यो राष्ट्रहितको विरूद्ध छ। सबै पार्टीहरूले बोले केही संसदमा भएका र संसद बाहिर रहेका पार्टीहरूले पनि भने। एसपिपी नेपालको राष्ट्रिय स्वाधिनताको विपरीत छ भन्ने कुरा भएपछि यो तत्काल सम्झौता रोकियो। तर मलाई शंका छ। कतै नेपाली शासकहरू झुक्ने त होइनन्। फेरि झुकेर भित्र(भित्र सम्झौता गर्ने होइनन्रु यही कुरा ४र५ महिनापछि अब सेलाएपछि सिद्धियो, सिद्धियो भन्ने बेलामा गर्ने त होइनन् भन्ने शंका छ। तर त्यो आशंका मेटियोस्।’

पूर्व सभामुखसमेत रहेका महराले देशको राज्यसत्ता साम्राज्यवादको नियन्त्रणमा जानसक्ने आशंका व्यक्त गर्दै सबै नागरिकहरू तत्काल राष्ट्रिय स्वाधिनताको आन्दोलनमा होमिनुपर्ने बताएका छन् ।

उहाँले भन्नुभयो, अहिले सबै पार्टी एसपिपीको विरूद्धमा छन्। एमसिसीले ढोका खोल्यो, त्योसँग अभिन्न रूपले अंग जोडिएको आइपिएसको अर्को रूपमा देखिएको एसपिपी यहाँ आयो। नेपालको राज्यमा सत्तासीन रहेका केही शासकहरूले यसलाई सम्झौता गर्नको निमित्त बोलाए तर यतिबेला छताछुल्ल भयो। यो साम्राज्यवादको नियन्त्रणमा कतै देश त जाने होइन भन्ने प्रश्न आजको समस्या हो। यही हो चुनौती। किसानका आफ्ना समस्या छन् तर देशको राज्यसत्ता कतै साम्राज्यवादको कित्तामा जाने त होइनरु भन्ने प्रश्न छ। अब हामी सबैले तत्काल राष्ट्रिय स्वाधिनताको आन्दोलन गर्नुपर्छ।’

Leave a Reply

Your email address will not be published.

Back to top button