रोचकविश्व

प्रेमीलाई भेट्न घर बोलाएपछि श्रीमानले श्रीमतीको र प्रेमीको गोप्य भाग काटिदिए

काठमाडौं । भारत, मध्य प्रदेश, इन्दौरको गान्धी नगरमा एक श्रीमानले श्रीमतीका प्रेमीको गोप्य भाग काटिदिएका छन् । गत बुधबार महिलाले प्रेमीलाई भेट्न घर बोलाएकी थिइन् ।

सोही अवसरमा उनका श्रीमानले प्रेमीमाथि आक्रमण गरेका थिए । घाइतेको एमवाई अस्पतालमा उपचार भइरहेको छ । श्रीमान श्रीमती विरुद्ध मुद्दा दर्ता गरेर खोजी सुरु गरेको प्रहरीले जनाएको छ ।
उजुरीका आधारमा बडा बाङ्गर्डा बस्ने एक युवक र रिद्धि–सिद्धि अपार्टमेन्टमा बस्ने उनकी श्रीमतीविरुद्ध कुटपिटलगायतका मुद्धामा उजुरी परेको टीआई रमेशचन्द्र भास्केरेले जनाएका छन् ।

ती महिला आफ्नो पतिसँग नभई अलग बस्छिन् । त्यस क्रममा उनको अजयसँग अफेयर सुरु भयो । अजयसँग श्रीमतीको भेटघाट पतिलाई मन परेको थिएन् ।

बुधवार अजय महिलालाई भेट्न पुगेपछि श्रीमानले चक्कु प्रहार गरेर उनको गुप्तांग काटेका हुन् । उनीहरु किन छुट्टाछुट्टै बस्दै आएका थिए भन्ने कुरा पक्राउ परेपछि मात्रै खुल्ने जनाइएको छ । दुवैको खोजी भइरहेको छ ।

अजयको रिद्धि–सिद्धि अपार्टमेन्टमा बस्ने एक विवाहित युवतीसँग प्रेम सम्बन्ध रहेको अजयका भाइ रविले बताए । यो कुरा महिलाका श्रीमानले तीन महिनाअघि थाहा पाएका थिए ।

त्यसपछि श्रीमान्–श्रीमतीबीच निकै विवाद भयो । तर, दुवैबीच सम्झौता पनि भयो । तर ती महिला श्रीमानबाट अलग बस्दै आएकी थिइन् । महिलाले प्रेमी अजयलाई भेट्न घरमा बोलाएकी थिइन् ।

त्यस अवसरमा उनका श्रीमान् पनि यहाँ पुगेँ । अजयलाई देखेर रिसाएका उनले कुटपिट गर्न थाले । त्यसपछि चक्कु निकालेर अजयको गुप्तांग काटिदिए । रगत बगेको देखेर महिला र उनका श्रीमान भागेँ ।

काटिएको गुप्तांग लिएर अजय जिल्ला अस्पताल पुगेका थिए । उनको अवस्था गम्भीर देखिएपछि जिल्ला अस्पतालबाट एमवाई अस्पतालमा रिफर गरियो । अहिले त्यहाँ चिकित्सकहरुले अजयको उपचार गरिरहेका छन् । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button