अर्थ

आज सुन/चाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन/चाँदीको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा र चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि सुन/चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेर प्रतिऔंस १८ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published.

Back to top button