विश्व

अविरल वर्षाका कारण चीनमा झण्डै ५ लाख मानिस प्रभावित

काठमाडौं । लगातारको अविरल वर्षाका कारण पूर्वी चीनको जियाङ्सी प्रान्तमा झण्डै ५ लाख मानिसहरु प्रभावित भएका छन् । उक्त प्रान्तमा करिब ४८५,००० बासिन्दाहरू अविरल वर्षाबाट प्रभावित भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

जियाङ्सीको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले बाढी नियन्त्रणको आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति समेत गरेको छ ।

त्यहाँका सञ्चारमाध्यमका अनुसार शनिबार दिउँसो ३ बजेदेखि जारी भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३०० हेक्टर बाली प्रभावित भएको छ ।

मुख्यालयका अनुसार बाढीबाट ४७ करोड युआन अर्थात् करिब ७ करोड अमेरिकी डलर प्रत्यक्ष आर्थिक क्षति पुगेको छ।

Leave a Reply

Your email address will not be published.

Back to top button