भोलिदेखि सबै आन्तरिक उडान बन्द

काठमाडौं । निजी क्षेत्रका वायुसेवा सञ्चालकहरुको संस्था वायुसेवा सञ्चालक संघले रात्रिकालिन उडानसहित हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै भोलि बुधबारदेखि नियमित उडान रोक्ने भएको छ ।
संघले मंगलबार पत्रकार सम्मेलन गरेर आफ्ना पाँच बुँदे माग अघि सार्दै सेवाहरु रोक्ने घोषणा गरेको हो । संघका अध्यक्ष रामेश्वर थापाका अनुसार माग सम्बोधन नभएसम्म उडान रोक्ने भएको छ ।
उनीहरुले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने, रात्रिकालिन उडानमा रहेको प्राविधिक समस्या समाधान गर्नुपर्ने शर्तहरु राखेका छन् ।