अर्थसेयर

सेयर बजारमा हरियाली

काठमाडौं । निरन्तर ओरालो लागिरहेको नेप्से आज उच्च अंकले उकालो लागेको छ । लगातार तल्लो बिन्दु बनाउदै आएको सेयर बजार परिसुचक नेप्से साताको तेस्रो दिन आज मंगलबार उच्च अंकले उकालो लागेको हो ।

नेप्से आज ३७.४९ अंकले उकालो लागेका हो । आज नेप्से १.९९ प्रतिशतले उकालो लागेको हो । आज नेप्से करिब दुई प्रतिशतले उकालो लागेसँगै १९२२.३० विन्दुमा पुगेको छ । यस्तै दुई सय ३१ वटा कम्पनीको ३७ लाख १२ हजार कित्ता शेयर एक अर्ब २३ करोड ८५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ११ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै आँधीखोला र सीवाईसी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । तेह्रथुम पावर कम्पनीको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button