खेलकुद

एसीसी महिला टी–२० च्याम्पियनशिपमा नेपाल हङकङसँग सात विकेटले पराजि

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनशिपमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ ।

मलेसियाको किनरारा मैदानमा नेपालले दिएको एक सय १० रनको लक्ष्य हङकङले १५ ओभर पाँच बलमा मात्रै तीन विकेट गुमाएर पुरा गरेको हो । हङकङका लागि मिारिको हिलले सर्वाधिक ४५ रन बनाइन् । बलिङतर्फ नेपालकी संगीता राईले दुई र सीता मगरले एक विकेट लिइन् ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर एक सय नौ रन जोडेके हो । नेपालका लागि रुबिना क्षेत्रीले नटआउट ३२ र अप्सरी बेगमले २२ रन जोडिन् ।

यसअघि नै सेमिफाइनल पुगेको नेपालले आजको हारसँगै तालिकामा दोस्रो स्थानमा रहेर लिग चरणको खेल पूरा गरेको छ । १० टिम सहभागी प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले एसिया कप महिला टी–२० खेल्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button