
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका पर्व मन्त्री तथा एमालेका प्रभावशाली नेता लाल बाबु पण्डितले अहिलेका राजनीतिक पार्टीहरूले बिचारलाई अचार बनाएको टिप्पणी गरेका छन् । आज नेपालको चर्चित टेलीभिजन प्राइम यच डी ऋषि धमलासँगको अन्तरवार्तामा अहिलेका राजनीतिक पार्टीहरूले बिचारलाइ अचार बनाएको बताएका हुन् ।
उहाँले भन्नुभयो , ‘अहिलेको गठबन्धन खोक्रो बन्दै गयो। अहिले यसो सामान्य घेरा मात्र छ र अहिले त्योमा पनि लडाइ भइरहेको छ । गठबन्धनमा रहेका राजनीतिक दलहरू काङ्ग्रेस बाहेकका दलहरू आफ्नो भविष्य देखेको छैन् । त्यसैकारणले कार्यकर्ता पनि गठबन्धनमै रहि रहने हो भने भाग्दै छन् । अरु पार्टीहरूमा प्रवेश गर्दै छन् । र अहिले संकट के हो भने , एकतिर गठबन्धन बनाइहाले पनि बचाउने संकट छ । अर्को तर्फ पार्टी पार्टी हुने हो कि पार्टी पौवा हुने हो र भन्ने हो । र अगुवा हुने हो की पछुवा हुने हो ।’
उहाँले अहिलेको गठबन्धन स्वार्थको लागि भएको आरोप समेत लगाउनुभएको छ । अहिलेका गठबन्धनमा रहेका पार्टीहरूलाई नेपाली कांग्रेसले मानमा र्किना पसेको जसरी लिएको बताएका छन् । अहिले गठबन्धन भत्काईहालौ भन्ने आट नआएको तर बसीराख्न औचित्य पनि नभएको बताएका छन् । उहाँले स्वार्थको निम्ति अहिलेको गठबन्धन बनेको भन्दै केही स्वार्थ पुरा नभएको बताएका छन् । साथै उनले अहिले नेकपा एमालेले कसैलाई प्रधानमन्त्री बनाउने अफर नगरेको भन्दै सरकार आफूले ढाल्नै नपर्ने र आफै ढलेर जाने बताएका छन् ।