सुशासन

न्यायाधीश र वकिलबीच घुस लेनदेनको अडियो बाहिरिएपछि न्यायपरिषद्को आकस्मिक बैठक बोलाईयो

काठमाडौं । न्यायाधीश र वकिलबीच घुस लेनदेनको अडियो बाहिरिएपछि न्यायपरिषद्को आकस्मिक बैठक बोलाईएको छ । सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्नका लागि २ करोड घुस लेनदेनको डीलसम्बन्धी डीलको अडियो सार्वजनिक भएपछि न्यायपरिषदको आकस्मिक बैठक बोलाइएको छ ।

तामाङलाई १० करोड रुपैयाँ धरौटीमा रिहा गर्ने र त्यसबापत २ करोड घुस लिएर बाँडफाँड गर्ने विषयमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र वकिल रुद्र पोखरेलबीच भएको संवादको अडियो न्युज २४ टेलिभिजनले मंगलवार बेलुका सार्वजनिक हो ।

ठगी मुद्दामा पक्राउ परेका सिभिल सहकारीका सञ्चालक तामाङलाई थुनछेक बहसपछि १० करोड धरौटी लिएर रिहा गर्ने र २ करोड रुपैयाँ घुस लिएर बाँडफाँड गर्ने विषयमा कुराकानी भएको अडियोमा सुन्न सकिन्छ ।

त्यसका लागि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाट काठमाडौं जिल्ला अदालतका १ नम्बर इजलासका न्यायाधीश राजुकुमार खतिवडालाई पनि संकेत गराइदिने पोखरेलले आश्वस्त पारेका थिए । तामाङ हाल पूर्पक्षका लागि थुनामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button