अर्थसेयर

दोर्दी खोलाको आईपीओ बाँडफाँट

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ आज (बुधबार) बाँडफाँट भएको छ । कम्पनीको दुई लाख एक हजार ९८६ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर बाँडफाँट गरिएको हो । ।

बाँटफाँट गरिएको मध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका पाउका छन् । यो आईपीओमा कुल १४ लाख ७१ हजार ६६५ ले आवेदन दिएकामा ८८२ जनाको आवेदन रद्द भएको हो ।

दोर्दी खोलाले २६ देखि ३१ जेठसम्म कुल २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो । जसमध्य एक लाख नौ हजार ७७५ कित्ता सामूहिक लगानी कोष र ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २० लाख १९ हजार ८६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

Leave a Reply

Your email address will not be published.

Back to top button