अर्थ

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंकको उल्लेख्य वृद्धी

काठमाडौं । नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तार उल्लेख्य वृद्धी गरेको छ । गत जेष्ठ महिनासम्ममा नेपालका २७ वटा बाणिज्य बैंकहरूमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको छ । कर्जा विस्तार वृद्धिको आधारमा पनि नेपाल बैंक पहिलो स्थानमानै रहेको छ ।

गत जेष्ठ महिनासम्ममा नेपाल बैंकको निक्षेप २५.८५ प्रतिशतले वृद्धि गरेको छ । भने कर्जा विस्तार ३२.०५ प्रतिशतले वृद्धि गरेको छ । बाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ७.३७ प्रतिशत रहेको छ ।

२७ बाणिज्य बैंकहरूमध्ये २१ वटा बाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने ६ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ ।

त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४९ प्रतिशतको वृद्धि भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button