राजनीतिसरकारसुरक्षा / अपराध

गाउँपालिका अध्यक्षका छोराले नै तोडफोड गरे बाबु चढ्ने सरकारी गाडी , बाबु भन्छन् – कारबाही हुन्छ

काठमाडौं ।  मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोराले गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । अध्यक्षका छोरा ज्योति गच्छदारले आफ्नै बुबाले प्रयोग गर्ने गाउँपालीकाको गाडी तोडफोड गरेका हुन् ।

उनक छोराले गाउँपालिकाको प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमै उनले तोडफोड गरेका हुन् ।

नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष थारुले एमालेबाट निर्वाचित वडाध्यक्षलाई कार्यपालिकाभित्रका विभिन्न समितिहरूको जिम्मेवारी नदिइएको विषयमा विवाद हुँदा मंगलबार बसेको बैठक लम्बिएको थियो । बैठकको अन्त्यमा अध्यक्षले एमालेका केही वडाध्यक्षलाई केही समितिमा राख्ने सहमति जनाएका थिए ।

एमालेलाई पेलेर जानुपर्छ भन्ने माग राख्दै आएका ज्योतिले बाबुसँग असहमति राखेर तोडफोड गरेको जनाईएको छ । अध्यक्षले सबैलाई समेटेर जान भनेर केही समितिको संयोजक एमालेलाई दिने सहमति जनाएपछि सो विषयमा असहमति जनाउँदै ज्योतिले गाडी तोडफोड गरेको एक जनप्रतिनिधिले बताए ।

अध्यक्ष गच्छदारले आफ्नो गाडीको सिसा फुटाएको बताएका छन् । उनले जोसुकैले गाडी फुटाए पनि कारबाही गर्ने बताएका छन् ।

गाउँपालिकाका सबै मेरा लागि छोराछोरी भएको भन्दै उहाँले भन्नुभयो मैले सबैलाई समान व्यवहार गर्नुपर्छ, ‘अहिले उपाध्यक्ष वडाध्यक्षहरूसँग छलफल गरेर के कारबाही गर्ने भन्ने विषयमा निष्कर्षमा पुग्छौँ ।’

Leave a Reply

Your email address will not be published.

Back to top button