समाज

१० महिने सर्मिलाकाे मुटुमा प्वाल, उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह

काठमाडौं। डडेल्धुराको परशुराम नगरपालिकाकी १० महिने सर्मिला धामीको मुटुमा दुई वटा प्वाल परेको छ । जिल्लाको परशुराम नगरपालिका १२ का टेक धामीकी छोरी सर्मिलाको मुटुमा प्वाल परेको हो । १० महिने सर्मिलाको मुटुमा प्वाल परेपछि उनलाई उपचारका लागि धनगढी स्थित बाल हस्पिटल लगिएको थियो । तर त्यहाँ निको नभएपछि थप उपचारका लागि काठमाण्डु लग्नु पर्ने टेक धामीले बताए ।

उपचारका लागि काठमाडौं लग्नुपर्ने भएपनि आर्थिक समस्या भएकाले हालसम्म लग्न नसकेको धामी बताउँछन् । सर्मिलाको उपचारका लागि गाउँमा सापटी रुपैयाँ माग्न घर घर पुगेपनि कसैले नदिएको धामीको गुनासो छ ।  उनले आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।

धामी दुःख पोख्दै भने ‘१०  महिने मेरि छोरि सर्मिलाको उपचार मैले जसरी पनि गर्नुछ । यति सानै उमेरमा मुटुमा दुई वटा प्वाल परे ।  उपचारका लागि धनगढी लगे तर त्यँहाबाट काठमाडौँ लग्नु भन्यो । अब मसँग त्यत्रो पैसा छैन कसरी लग्ने भन्ने मनमा ठुलो परि परेको छ । गाउँमा पछि ब्याजसहित तिर्छु भनेर पैसा माग्दा पनि कसैले दिँदैनन् । हजुरहरु समक्ष यति आग्रह गर्छुकी जति हुन्छ सहयोग गरिदिनु होला । सहयोग गर्नुहुनेछ भन्ने ठुलो अपेक्षा राखेको छु।’

सहयोग गर्न चाहनु हुनेले खाता न.२४४०१०००८१९०२१०००००१, शाखा जोगबुढा भएको नेपाल बैंक लिमिटेडको खातामा रकम पठाउन सक्नुहुनेछ । थप जानकारीका लागि ९८४८८३०३९९, ९८२४६३९०७६, ९८२२६८४७७४ मा सम्पर्क गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published.

Back to top button