२४ बैशाख २०७८, शुक्रबार
गृह अनसनरत डा. गोबिन्द केसी शिक्ष्ण अस्पताल महाराजगंजको आकस्मिक कक्षमा भर्ना
अनसनरत डा. गोबिन्द केसी शिक्ष्ण अस्पताल महाराजगंजको आकस्मिक कक्षमा भर्ना

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीलाइ काठमाडौंको महाराजवगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।

जुम्लामा अनशनरत केसीलाई मंगलबार मात्र काठमाडौं ल्याइएपछि प्रहरीले उनलाइ जर्बजस्ती राष्ट्रिय ट्रमा सेन्टर पुर्याएको थियो ।

ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएलगत्तै उनलाई शिक्षण अस्पताल पुर्याइएको हो । काठमाडौं आउने वित्तिकै शिक्षण अस्पताल जान चाहेका केसीलाइ प्रहरीले जर्बजस्ती ट्रमा सेन्टर पुर्याइएको थियो ।

शिक्षण अस्पतलमा नलगेसम्म कुनै परीक्षण र उपचार गर्न नदिने अडान लिएपछि उनलाई शिक्षण अस्पताल सारिएको हो । डा. केसीको यो १९ औं अनसन हो । यसअघि पनि उनी चिकित्सा शिक्षामा सुधारको माग गर्दै बिधिन्न् जिल्लामा अनशन बस्नुका साथै निःशुल्क स्वास्थ्य समेत दिँदै आइरहेका थिए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर