२४ बैशाख २०७८, शुक्रबार
गृह इतिहासमा आज : हैटीमा तुफानले लियो ३ हजार बढिकाे ज्यान
इतिहासमा आज : हैटीमा तुफानले लियो ३ हजार बढिकाे ज्यान

आज २३ सेप्टेम्बर । सन् २००४ मा हैटीमा शक्तिशाली ‘जीन’ नाम दिइएको तुफान र बाढीले ठूलो क्षति निम्त्याएको थियो । अफ्रिकाको पश्चिम तट हुँदै आएको तुफान एटलान्टिकको नजिक पुगेपछि भयानक रुप लियो ।

हैटी पुग्दासम्म यो निकै तेज भइसकेको थियो, जसकारण धेरै घरहरु भत्किए । केही समयपछि तुफान गयो, तर मुसलधारे वर्षा सुरु भयो । घण्टौँसम्म निरन्तर वर्षापछि यहाँ ठूलो बाढी आयो, जसले क्षतिलाई थप खराब बनाएको थियो ।

यस प्रकोपमा परेर ३ हजारभन्दा धेरै मानिसहरुको ज्यान गयो । जसमध्ये उत्तरी गोनाइभसमा सर्वाधिक २८ सय जनाले ज्यान गुमााएका थिए । तुफान र बाढीका कारण देशभर झन्डै ८० लाख मानिस घरबारविहीन भए ।

प्रकोपले हैटी आसपासका अन्य देशमा पनि ठूलो त्रास सिर्जना ग¥यो । केहीले पूर्वसतर्कता पनि अपनाए, बहामासबाट उत्तरस्थित क्षेत्रका मानिसहरुले भयभीत भएर तुफान आउनुअघि नै घर छाडिसकेका थिए । जसकारण, त्यहाँ क्षति कम भयो ।

युएस भर्जिन आइल्यान्ड, पिर्योटोरिको र डोमिनिकन रिपब्लिकमा पनि यसको असर पर्यो । अमेरिकाको फ्लोरिडा तटसम्म पुग्दा यस तुफानको प्रभाव कम भइसकेको थियो । तर फ्लोरिडावासीहरु तुफानलाई लिएर निकै सचेत थिए । यद्यपी, पूर्वतयारीका बाबजुद फ्लोरिडामा तीनजनाको मृत्यु भयो ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर