५ जेष्ठ २०७८, बुधबार
गृह बिहानै उठेर पानी पिउनुस्, कब्जियतको समस्याबाट मुक्त हुनुहोस्
बिहानै उठेर पानी पिउनुस्, कब्जियतको समस्याबाट मुक्त हुनुहोस्

काठमाडौं । मानव जिवन जति अमुल्य छ , पानी पनि जीवनलाइ अमुल्य बनाइराख्न तयत्तिकै महत्वपूर्ण छ । पानी बिनाको जीवन सम्भव छैन । नियमित पानी पिउँदा शरीरमा थुप्रै फाइदा हन्छन् । आज हामी बिहान उठ्ने बित्तिकै उठ्नेबित्तिकै पानी पिए हुने फाइदाका बारेमा चर्चा गर्दै छौँ ।

  • बिहानै पानी पिउने गरे शरिरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ भने शरिरका माँसपेशीसमेत बलियो हुन्छ ।
  •  खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ । यदि तपाई आफ्नो तौल घटाउन चाहनु हुन्छ भने बिहान पानी पिउन शुरु गरिहाल्नुस् ।
  •  बिहानै उठेर पानी पिउँदा शरिरभित्र रहेका हानीकारक तत्व सफा हुन गई रगत सफा हुने र छालासमेत स्वस्थ भई चमक आउँछ ।
  •  बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ । त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुन्छ ।
  • बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन । बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरिरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ । कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ ।
Facebook Comments
+ posts

हरेक खबर खास खबर