२६ बैशाख २०७८, आईतवार
गृह गाइबाँधे–लिप्ना सडकखण्डमा कालोपत्रेका लागि काम शुरु
गाइबाँधे–लिप्ना सडकखण्डमा कालोपत्रेका लागि काम शुरु

डडेल्धुरा । प्रदेश गौरवको योजना दैजी–जोगबुडा–सलौन–चिरकिट्टे–पोखरा–बेलापुर–ढुंगाड सडक खण्ड अन्तरगत गाइबाँधे लिपना खण्ड कालोपत्रे गरिने भएको छ ।

बुधबार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले सडकको उद्घाटन गरेका छन् । उक्त खण्ड निर्माणका लागि गत असार २८ शर्मा राजेन्द्र जेभी धनगढीसंग सम्झौता भइसकेको संग सम्झौता भइसकेको छ ।

१२ किलोमिटरको उक्त सडकमा नाली सहित ८ मिटर चौडाइ हुनेछ । सडक २०८० असार २७ गतेसम्म सम्पन्न गर्नेगरि सम्झौता भएको हो । यस योजनाको कुल लागत ३७ करोड ६१ लाख ९ हजार ९ सय ५ रुपैंया छ भने २१ करोड ३६ लाख १ हजार ५ सय २ रुपैंयामा सम्झौता भएको हो ।

उक्त खण्डमा शुक्रबारबाट औरपारिक रुपमा काम शुरुवात भएको मन्त्री बोहराका स्वकीय सचिव केशवराज अवस्थीले जनाकारि दिए ।

यस्तै दैजी जोगबुडा चिरकिट्टे बेलापुर ढुंगाड देउरा सडक योजनाका अन्य कामहरुले पनि तिब्रता पाएका छन् । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले नेत्रत्व गरिरहेको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय डडेल्धुरा र पूस्र्वाधार विकास कार्यालय कञ्चनपुर विभिन्न खण्डमा सडक निर्माणको कामलाई तीब्रता दिएका हुन् ।

प्रदेश गौरवको उक्त योजनामा बिभिन्न खण्ड तथा चरणमा काम भइरहेका छन् ।
दैजी–लिपना खण्ड
दैजी लिप्ना सडक खण्डमा १७ कि मि सडक कालोपत्रेका लागि सडक डिविजन कञ्चनपुरले आ.व. २०७४÷७५ मा ठेक्का लगाइ काम सुरु गरेको र ०७५/०७६ मा सो ठेक्का प्रदेश सरकारलाई सशर्त हस्तान्तरण गरिएको थियो ।

हाल सो खण्डमा कालोपत्रेका लागि बेस बिच्छ्याउने काम भैरहेको र चालू आ।व। भित्र सम्पन्न निर्माण कार्य सम्पन्न हुने देखिएको छ ,।

गाइबाधे–जोगबुडा खण्ड
यस खण्डमा पुर्वाधार विकास कार्यालय डडेल्धुराबाट आ.व.२०७५/०७६ मा ५.५ कि मि सडक कालोपत्रे का लागि ठेक्का सम्झौता भएर काम अगाडि बढेको छ ।

जोगबुडा–खजुरानी खण्ड
करिब ४ कि मि दूरी रहेको यो खण्ड र बुडर–जोगबुडा अन्तर्गत निर्माणाधीन अवस्थामा रहेको छ ।

सलौन–चिरकिट्टे खण्ड
आ.व. २०७६÷०७७ मा सलौन–चिरकिट्टे खण्डको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । यश खण्डमा आ.व. २०७६/०७७ मै सडक स्तरोन्नतिको ठेक्का सम्झौता भएसकेको र चालू आर्थिक बर्षमा निर्माणको काम अगाडि बढ्ने मन्त्री बोहराको सचिवालयले जानकारि दिएको छ । डडेल्धुराको आधा जनसंख्या रहेको भित्रिमधेष वासिले आफ्नै जिल्ला भित्रको सडकबाट सदरमुकाम सम्मको यात्रा गर्न पाउने छन् ।

चिरकिट्टे–घटाल–आइतबजार–किर्तिपुर खण्ड
यस खण्ड अन्तर्गत चिरकिट्टे–घटाल–आइतबजार खण्डमा स्तरोन्नतिका लागि काम अगाडि बढाउने तयारि भैरहेको छ । आइतबजार देखि झुरकाली हुँदै किर्तिपुर सम्म यसै आर्थिक बर्षबाट कालोपत्रे सडक निर्माण गर्ने गरि अगाडि बढाउन मन्त्री बोहराबाट स्थलगत निरिक्षण पछि निर्देशन भइ सकेको छ ।

यो सडक खण्ड अमरगढी नगरपालिकाको बागबजार भएर जाने भीमदत्त राजमार्गको बैकल्पिक मार्ग (बाइपास) बन्ने भएकाले झनै महत्वपुर्ण हुने देखिन्छ ।

पोखरा–बेलापुर–ढुङ्गाड खण्ड
यस सडक खण्डमा पोखरादेखि नवदुर्गा सम्म १० कि मि सडक कालोपत्रे का लागि आर्थिक बर्ष २०७६/७७ मा नै ठेक्का सम्झौता भइसकेको छ भने ढुङ्गाड सम्मको ट्र्याक खोल्ने कार्य आ.व.२०७५÷०७६ मै सम्पन्न भएको हो ।

ढुङ्गाड–देउरा खण्ड
यो खण्डमा ट्रयाक खोल्न समेत बाँकि छ । चालु आर्थिक बर्षमा सडककासम्भाव्यता अध्ययन गरि ट्र्याक खोल्ने काम अघि बढ्ने सचिवालयले जनाएको छ ।

सडक यातायात नभएका बेला पनि पदमार्गका रुपमा प्रयोग हुने यो रुट सडक निर्माण पश्चात् निकै सहज हुने देखिन्छ । सडक निर्माण पछि १५० किलोमिटरको यात्रा पश्चात् कञ्चनपुरको दैजीबाट बझाङको देउरा बजार पुग्न सकिने छ । अबको ३ वर्षमा यश राजमार्गको अधिकांश काम सम्पन्न हुने गरि काम अगाडि बढाइएको छ ।

यस राजमार्गमा पर्ने बेदकोट खोला पुल र सिन्याडी खोला पुलको निर्माण संघीय सडक पुल महाशाखाबाट सम्पन्न भइ सकेका छन् । यस्तै खानीडाँडा सडक पुल निर्माणको अन्तिम चरणमा छ भने डोटी गाडमा पर्ने पथरोडा सडक पुलको अध्ययन सम्पन्न भइ यश वर्ष टेण्डर गरिने जानकारि प्राप्त भएको छ ।

यस्तै प्रदेश सरकारबाट डडेल्धुराको परशुराम नगरपालिका १२ स्थित खजुरानी सलौन जोड्ने करिव १२५ मिटर लामो रङ्गुन खोला सडक पुल निर्माणका लागि आथिक बर्ष २०७६–०७७ मा सम्झौता भएको छ र यसै आर्थिक बर्षबाट काम अघि बढ्नेछ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर