२४ बैशाख २०७८, शुक्रबार
गृह लामो दुरीको यात्रामा खाना खाजा घरबाटै बोक्नुः विभाग
लामो दुरीको यात्रामा खाना खाजा घरबाटै बोक्नुः विभाग

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा यात्रा गर्दा खाजा र खानाको ब्यबस्था घरबाटै गरेर आउन आग्रह गरेको छ ।
बुधबार एक सुुचना जारी गर्दै विभागले आवश्यक परे मात्र प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गर्दै यस्तो बताएको हो ।

यात्रामा खाजा, नास्ता आफ्नै घरबाटै प्याकिङ्ग गरेर हिँड्न समेत विभागले सर्वसाधारणलाई आग्रह गरेको छ । सार्वजनिक होटल तथा खाजा घरहरुमा भिडभाड हुने र संक्रमणको जोखिम उच्च रहने भन्दै विभागले यस्तो निर्देशन गरेको हो ।

खाजा, नास्ता खुवाउने होटल तथा रेष्टुरेन्टहरुलाई सुरक्षित रहि स्वस्थ खाना नास्ताको प्याकिङ्गको व्यवस्था गरिदिन समेत विभागले आग्रह गरेको छ ।

सार्वजनिक यातायातमा कोभिड–१९ को संक्रमणको जोखिम उच्च रहेको भन्दै विभागले सकेसम्म सार्वजनिक यातायात प्रयोग नै नगर्न र गर्नै पर्ने भएपनि सुरक्षित रहेर मास्क, सेनिटाइजर प्रयोग गरेर मात्र यात्र गर्न भनेको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर