२४ बैशाख २०७८, शुक्रबार
गृह कृषि क्षेत्रका समस्या समाधान गर्न नयाँ व्यवस्था आउँदैछः कृषिमन्त्री
कृषि क्षेत्रका समस्या समाधान गर्न नयाँ व्यवस्था आउँदैछः कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन् । झापाको बिर्तामोडमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दावी गरे ।

उनले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम हुने समेत बताएका छन् । कृषि क्षेत्रमा अहिले सयौं समस्या रहेको र त्यसलाई नयाँ व्यवस्थामा ढालेर समस्याको हल गर्न यो सरकार लागि परेको उनको भनाई छ । सरकारले ठीक तवरले काम गरिरहेको बताउँदै मन्त्री भुषालले सरकारका जुनसुकै कार्यक्रमहरु अहिलेको संविधान बमोजिम नै अघि बढेको बताए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर