२४ बैशाख २०७८, शुक्रबार
गृह ४५ घर बाढीको जोखिममा
४५ घर बाढीको जोखिममा

पर्वत । पर्वतको जलजला गाउँपालिका–८ फर्सेका ४५ घर परिवार बाढीको उच्च जोखिममा परेका छन् ।

निरन्तरको वर्षाका कारण बस्तीको बिचमा रहेको ठाडो खोल्सामा आएको बाढीका कारण एक घर पुरिएको छ भने आसपासका २५ घर पुर्ण रुपमा विस्थापित बनेको जलजला गाउँपालिका–८ का वडा अध्यक्ष हरिविकास जिसीले जानकारी दिए ।

उनका अनुसार खोल्सामा लेदो आउन थालेपछि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएकाले मानविय क्षति हुन नपाएको हो । स्थानीय खड्कबहादुर केसीको घर बाढीले पुरिएको जिसीले बताए ।

त्यसैगरी बाढीका कारण पर्वत, बागलुङ र म्याग्दी जोड्ने झोलुङ्गे पुल समेत जोखिममा परेको छ भने बेनी–मालढुंगा सडक समेत विहानदेखि अवरुद्ध बनेको जिसीले जानकारी दिए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर