५ जेष्ठ २०७८, बुधबार
गृह बाढी ले जिप बगाउँदा दुईको मृत्यु,एक बेपत्ता
बाढी ले जिप बगाउँदा दुईको मृत्यु,एक बेपत्ता

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित कोइली खोलामा बुधबार बाढीले ६ जना सवार बिद्युत प्राधिकरणको जीप बगाउँदा दुई जनाको मृत्यु भएको छ एक बेपत्ता भएका छन । बा १ ञ १०८९ नम्वरको उक्त जिप वार्ड नम्बर ९ को भलवाड भन्ने स्थानमा अवरुद्ध भएको बिद्युत मर्मत गरेर फर्किदै थियो ।

जीपमा चार जना बिद्युत प्राधिकरणका कर्मचारी र दुई जना सर्वसाधारण चढेकाथिए । घटनामा दुई जनाको मृत्यु र एक जना बेपत्ता भएका छन । तीन जनाले भने पौडिएर ज्यान जोगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकमध्ये एक जना उक्त जीपका चालक, रेसुंगा ९ उपल्लो तम्घासका माधव पाण्डे रहेको सशस्त्र प्रहरी २८ नं गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धुब्र बहादुर कार्कीले बताए ।
उनका अनुसार जीप भित्र अर्का एक जनाको शव अड्किएको छ । अर्का एक जना भने बेपत्ता छन । उनको नाम खुलेको छैन ।

जीप बगेपछि बाणगंगा नगरपालिका ८ का बिजय पोखरेल,वार्ड नम्बर ४ का परशु चौधरी र नाम नखुलेका अर्का एक जनाले पौडिएर ज्यान जोगाउन सफल भएको बाणगंगा नगरपालिका वडा नं। ९ का अध्यक्ष विष्णु गिरीले बताए । घटना स्थलमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी परीचालन भई खोजतलास जारी रहेको सशस्त्र प्रहरी उपरीक्षक कार्र्कीले बताए । खोलामा पानीको उच्च बहाव भएकोले खोजतलासमा समस्या भएको छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर