२ जेष्ठ २०७८, आईतवार
गृह पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमा्नडौं । चितवन नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा पहिरो खसेका ले सडक पुनः अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेको हो ।

राति लेदो सहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्ट ले जानकारि दिए । सोहि स्थानमा बुधबार दिउँसो ४ ंं.३० बजे पहिरो खसेको थियो । पहिरो पन्छाएपछि साँझ ७ बजेदेखि सडक सञ्चालन गरिएको थियो ।

यता पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्डअन्तर्गत कुरीनटारको पहिरो पन्छाएर बुधबार राति नै सडक एकतर्र्फी सञ्चालनमा ल्याईएको छ । साँझ पहिरो खसेसँगै अवरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमा ल्याईएको हो । केही दिन यताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर