२ जेष्ठ २०७८, आईतवार
गृह पहिरोको त्रास दिनहु बढ्दो, पाँच जना बेपत्ता
पहिरोको त्रास दिनहु बढ्दो, पाँच जना बेपत्ता

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन । प्रहरीका अनुसार रम्भा गाउँपालिका–२ का होमबहादुर गाहाको घर गए रातिको पहिरोले पुरिदा पाँच जना बेपत्ता भएका हुन ।

पहिरोले घर पुरिदा मानिस बेपत्ता भएको खबर आएपछि आफूहरु त्यसतर्फ जाँदै गरेको जानकारी दिंदै जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले भने, ‘होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएको छ । बाँकी क्षतिबारे घटनास्थलमा पुगेपछि मात्रै थाहा हुन्छ ।’

घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको एसपी भट्टराईले जानकारी दिए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर