२४ बैशाख २०७८, शुक्रबार
गृह स्याङ्जामा पहिरो (अपडेट) ः दुईको मृत्यु, नौ बेपत्ता
स्याङ्जामा पहिरो (अपडेट) ः दुईको मृत्यु, नौ बेपत्ता

स्याङ्जा । वर्षासँगै आएको पहिरोमा परि स्याङ्जामा दुई जनाको मृत्यु भएको छ । कालिगण्डकी गाउँपालिका वडा नं ४ मा पहिरोले दुई घर पुरिएको र एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए ।

क्षेत्रीका अनुसार बालिङ नगरपालिका ९ कमादीमा गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने नौ जना हराईरहेका छन ।

पहिरोमा परि हराएकाहरुको खोजी र उद्धारका लागि नेपाल प्रहरीको टोली परिचालन गरिसकेको क्षेत्रीले बताए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर