२४ बैशाख २०७८, शुक्रबार
गृह नेपाल–चीन सिमाक्षेत्र अन्तरगत हुम्लामा हराएको भनिएको ११ नम्बर पीलर भेटियो
नेपाल–चीन सिमाक्षेत्र अन्तरगत हुम्लामा हराएको भनिएको ११ नम्बर पीलर भेटियो

काठमाडौं । नेपउाल चीन सीमा क्षेत्र अन्तरगत हुम्लामा हराएको भनिएको ११ नम्बर सीमास्तम्भ भेटिएको छ । चार वर्ष अगाडि हराएको भनिएको सीमा स्तम्भ जिल्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ टाकुलेमा भेटिएको हो ।

अहिले नाम्खा गाउँपालिका वडा नम्बर ६ को लाच्पाको लोलुङजोङमा चिनियाँ पक्षले नेपाी भूमीमा भवन बनाएको कुरा बहिरिएपछि नेपाली टोली स्थलगत अवलोकन गरेर फर्किएको थियो ।

अशोज ३ गते शनिबार त्यस तर्फ गएको टोलीले बुधबार हिउँ र माटोले पुरिएको अवस्थामा उक्त सीमा स्तम्भ भेट्टाएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताए ।

प्रजिअको टोली अझै सम्पर्कमा आउन सकेको छैन । अध्यक्ष विष्णु बहादुर लामाले लोलुङजोङमा बनाएका भवन चीनले आफ्नै भूमिमा दाबी गरेको भए पनि हराएको ११ नम्बर पिलर नपाउँदासम्म पत्याउन नसकिने बताएका थिए ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर