७ माघ २०७८, शुक्रबार
गृह समयमै मल नल्याउने ठेकदारलाई कारबाही गर्न बाटो खुल्यो
समयमै मल नल्याउने ठेकदारलाई कारबाही गर्न बाटो खुल्यो

काठमाडौं । उच्च अदालत पाटनले समयमै मल नल्याउने दुई ठेकदार कम्पनीलाई कारबाही गर्न बाटो खोलेको छ ।

अदालतले समयमै मल नल्याउने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले ठेक्का सम्झौता रद्ध, धरौटी जफत र कालोसूची सिफारिस रोक्न माग गर्दै दायर गरेको उत्प्रेषण रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।


कृषि सामाग्री कम्पनी लिमिटेडका सञ्चालक प्रबन्धक नेत्रबहादुर भण्डारीले कारबाही रोक्न माग गर्दै परेको तीन वटै रिटमा अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको जानकारि दिएका छन् ।

यसअघिमुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले यसअघि अदालतले दिएको अन्तरिम कालिन आदेशलाई निरन्तरता नदिएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।

ती दुइ कम्पनिहरुले भदौ २० गतेसम्म २५÷२५ हजार मेट्रिकटन युरिया मल ल्याउन ठेक्का पाएका थिए तर समयमै मल ल्याएका थिएनन् ।

मल नल्याउने दुई कम्पनीले भदौ २१ को ठेक्का रद्ध र २९ गतेको कालोसूची सिफारिस रोक्न माग गर्दै तीन वटा मुद्धा उच्च अदालतमा दायर गरेका थिए ।

Facebook Comments

हरेक खबर खास खबर