७ माघ २०७८, शुक्रबार
गृह तिनाउ नदीले एक घर बगायो, बर्षा नरोकिए थप जोखिम
तिनाउ नदीले एक घर बगायो, बर्षा नरोकिए थप जोखिम

रुपन्देही । तीन दिन देखिको निरन्तरको बर्षाका कारण तिनाउ नदीमा आएको बाढीले एउटा घर बगाएको छ ।

बाढीले बुटवल उपमहानगरपालिका–१७ रानिगञ्जस्थित बल्कले बनाइएको प्रेमकुमारी खाम्चाको चार कोठा भएको घर बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।


घर बगाए पनि मानवीय क्षति भने भएको छैन । वर्षा निरन्तर रहे सो क्षेत्रमा थप जोखिम बढ्ने उनले बताए । तिनाउ नदीले बिहानैदेखि सतर्कताको तह पार गरेको छ ।

५.२ सतर्कताको तह रहेको तिनाउ नदीमा पानीको तह ५.७५ पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षाका कारण तिनाउ नदीमा पानीको बहाव बढेपछि बुटवलका केही क्षेत्रमा कटान सुरु भएको छ ।

Facebook Comments

हरेक खबर खास खबर