५ जेष्ठ २०७८, बुधबार
गृह वाएडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे अख्तियारलाई लेखा समितिको ताकेता
वाएडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे अख्तियारलाई लेखा समितिको ताकेता

काठमाडौं । सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधीन रहेको वाइड बडी खरिदको छानबिन प्रक्रियामापुनः चासो राखेको छ ।

खरिद प्रक्रियाको अनुसन्धानको लामो समय बिते पनि कुनै परिणाम नदेखिएको भन्दै समितिले अख्तियारसँग प्रगति विवरण माग गर्ने निर्णय गरेको हो ।

समितिले प्रारम्भिक छानबिनमा खरिद प्रक्रिया पारदर्शी नभएको र अनियमितता देखिएको भन्दै थप अनुसन्धान गर्न अख्तियारलाई सिफारिस गरेको थियो । उपसमिति गठन गरी प्राप्त सुझाव र प्रतिवेदनका आधारमा समितिले अख्तियारलाई छानबिन गर्न पठाएको थियो । तर, लामो समयसम्म कुनै नतिजा नआएको भन्दै समितिले प्रगति माग गरेको हो ।

यस्तै, समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाको छानबिनबारे पनि जवाफ माग गर्ने निर्णय गरेका छ । प्रेस खरिद प्रक्रियामा कमिसन बार्गेनिङ गरेको अडियो बाहिरिएपछि समितिले उक्त प्रकरणमा छानबिन गरको थियो। प्रारम्भिक छानबिनमा अनियमितता देखिएको भन्दै समितिले थप छानबिन प्रक्रिया अघि बढाउन अख्तियारलाई पत्राचार गरेको थियो ।

Facebook Comments
+ posts

हरेक खबर खास खबर